लकडाउन खुकुलो पार्ने तयारी, अर्को जिल्ला जान नपाइने तर जिल्लाभित्र आवागमन गर्न दिने

काठमाडौं– सरकारले लकडाउन​को मोडालिटीमा हेरफेर गर्ने तयारी गरेको छ । मोडालिटी हेरफेरका लागि मंगलबार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बोलाइएको छ । 

जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाइएको भए पनि उच्चस्तरीय समन्वय समितिले तत्कालै लागू हुने गरेर मोडालिटी हेरफेर गर्न लागेको हो । समितिका संयोजक ईश्वर पोखरेलले समितिका रहेका मन्त्रालयहरूको राय, सुझाबका आधारमा नयाँ मोडालिटी तय गर्ने बताएका छन् । 

स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो बनाउन विज्ञ, सरोकारवालासँग परामर्श गरिरहेको जानकारी दिएको छ । सङ्क्रमणको मात्रा, भारत र तेस्रो मुलुकबाट आउनेको अवस्थासमेतको आकलन गरेर मोडालिटी तय गर्नुपर्ने मन्त्रालयको निचोड छ ।  

एक जिल्लाबाट अर्को जिल्लामा जान नदिए पनि जिल्लाभित्र आवागमन गर्न दिने, सामाजिक दूरी कायम गर्दै उद्योगधन्दा, कलकारखाना, कार्यालय, पसल–व्यवसाय आदि खोल्न दिने विकल्पमा छलफल भइरहेको बताइएको छ । 

खेतीपातीको सिजन सुरु भएकाले पनि लकडाउनलाई यही अवस्थामा निरन्तरता दिँदा प्रत्युत्पादक हुने र थप आर्थिक क्षति बेहोर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ । त्यसैले आन्तरिक आवागमन रोक्नुहुँदैन भन्ने निष्कर्षमा सरकार पुगेको छ । 





  • प्रकाशित मिति : जेठ २०, २०७७ मंगलबार १३:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया