प्रदेश २: कुन जिल्लामा कति छन् काेराेना संक्रमित ?

प्रदेश २ म कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ । मंगलबार दिउँसो थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ६१५ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।  

सामाजिक विकास मन्त्रालयकाअनुसार सप्तरीमा १ जना, सिराहामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा १ जना ब्यक्ति कोरोना संक्रमणको पुष्टि भएका छन ।  

सप्तरीको राजगढ गाउँपालिका स्थित नर्घाे माध्यमिक विद्यालयमाको क्वारेन्टिनमा १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी भारतबाट फर्केर क्वारेन्टिनमा बसेक थिए ।  

सिराहा नगरपालिका स्थित सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १७ जना पुरुषहरुम संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश भारतके मुम्बईबाट फर्केकहरु हुन ।

धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनक १ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाईन गांगुलीका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय क्वारेन्टिनका २ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ । उनीहरु चारैजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना गरी २ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतबाट नै आएका छ ।



सर्लाही जिल्लाको बलरा नगरपालिकाको क्वरेन्टिनमा बसेका ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीको बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका दुवै क्वारेन्टाईमा रहेका सम्पूर्ण संक्रमितहरु भारतबाट आएको  छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ गंगा पिपरा स्थित भुलयाँ माध्यमिक विद्यालयको क्वारेन्टिनका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्वर २ बैरिया स्थित स्थानीय मदरसाको क्वारेन्टाईनमा रहेका २१ ज्नामा संक्रमण पुष्टि भएको छ ।  जिल्लाकै गढीमाई नगरपालिका वडा नम्वर ३ स्थित शंकर गुदर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लाकै परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४ जना पुरुषमा, राजदेवी नगरपालिका वडा नम्वर ६ स्थित मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाकै गौर नगरपालिका वडा नम्वर ३ स्थित जुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १३ जनामा संक्रमण पुष्टि भएको छ ।



यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित सरबठा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी  ८ बर्षिय वालिकासहित थप पाँच जनमा संक्रमण पुष्टि भएको छ ।  उनीहरु सबै भारतबाट अएका छन् ।

बारा जिल्ला देबताल गाउँपालिका वडा नम्वर २ स्थित नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस २ नम्वर प्रदेशमा हालसम्म १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।  त्यसैगरी, कोरोना पुष्टि भएका एक जना पुरुषको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजबिराजको आइसोलेसन उपचार भइरहेको छ । साईकृष्ण अस्पताल राजबिराजको आइसोलेसन कक्षमा २ महिलासहित ५३ जना संक्रमितको उपचार भइरहेको छ ।

सिराहाको महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना संक्रमितको र सिराहा कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा ५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।  त्यसैगरी प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको विपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ६ जना महिला र ५३ जना पुरुषगरी कुल ५९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ २०, २०७७ मंगलबार १८:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया