रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका– ८ सोतीमा १० जेठमा भएको घटनामा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । घटनापछि जाजरकोटस्थित भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका– ११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो ।
शाहीको शव मंगलबार साँझ पाँच बजेर ५५ मिनेटमा भेरी नगरपालिका– १३ स्थित भेरी नदीमा स्थानीय बासिन्दाले फेला पारेको प्रहरीले जनाएको छ ।
कपडाले टाउको बाँधेको, दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा शव फेला परेको उद्धारमा खटिएका छवि पन्तले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।