कोरोनाभाइरसः बेलायतमा ४० हजारको मृत्यु

विश्वभर अब कोरोनाभाइरस संक्रमितको संख्या रफ्तारले बढ्दो छ । विश्वभर अहिले कोरोनाभाइरस संक्रमितको संख्या ६३ लाख ७२ हजार पुगिसकेको छ । 

कोभिड १९ का कारण मृत्यु हुनेको संख्या पनि अब झन्डै ४ लाख पुग्न लागेको छ । विश्वभर अहिलेसम्म ३ लाख ८० हजारभन्दा धेरैले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १८ लाख ३१ हजारमा संक्रमण देखिइसकेको छ । त्यहाँ अहिलेसम्म १ लाख ६ हजार एक सय ८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

उता, बेलायतमा पनि अब कोरोनाका कारण निधन हुनेको संख्या ४० हजार आसपास पुगेको छ । २ लाख ८० हजार यसका कारण प्रभावित भएका छन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ८:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया