काठमाडौं– विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ । कोभिड १९ विरुद्ध लड्न र विद्युत क्षेत्रको सुदृढीकरणका लागि नेपाललाई १० करोड डलर ऋण दिने प्रस्ताव विश्व बैंकको बोर्डले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको छ ।
यो ऋण सहयोग विद्युत क्षेत्र र कोभिड १९ संकट विरुद्ध लड्नका लागि रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले डेभलमेन्ट पोलिसी क्रेडिट अन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।
बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले भरपर्दो, किफायती र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने उल्लेख गर्दै सहयोग रकमले हालको संकटको समयमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल विद्युत प्राधिकरणले विगत तीन वर्षदेखि निरन्तर नाफा गरिरहेको, तर कोभिड १९का कारण विद्युतको मागमा असर पारिरहेको विश्व बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।