कोरोना उपचारका लागि आइब्रुफेनको परीक्षण

पछिल्लो समय कोरोनाभाइरसको विरुद्धमा विभिन्न देशमा औषधी र भ्याक्सिनको लागि परीक्षण गर्न थालिएको छ । यहीबीच अब वैज्ञानिकहरुले आइब्रुफेनले यो रोग ठिक हुनसक्ने सम्भावनालाई औल्याउँदै यसको परीक्षणमा जुट्न थालेको समाचार आउन थालेको छ ।

लन्डनका दुई अस्पतालमा चिकित्सहरुको टिमले ज्वरो र दुखाइलाई कम गर्न सहयोग गर्ने औषधी आइब्रुफेनलाई कोरोनाको उपचारमा प्रयोग गर्न सकिने भन्दै परीक्षण गरिरहेका छन् । 

गायज एन्ड सेन्ट थोमस अस्पताल तथा किंग्स कलेजका चिकित्सकहरुले यो परीक्षण गर्न लागेका हुन् । उनीहरुले यो औषधीको सेवनले संक्रतिमलाई भेन्टिलेटरसम्म पुर्याउन नपर्ने अवस्था आउन सक्ने अनुमान गरेका छन् ।

यो परीक्षणमा केही संक्रमितहरुलाई आइब्रुफेनका दिने बताइएको छ । 

यसअघि जनावरहरुमा गरिएको परीक्षणमा चाहिँ यो औषधी कोरोनाविरुद्धको रोगका लागि ठिक हुनसक्ने तथ्य बाहिर आएको थियो । तर, कोरोना महामारीको सुरुवातमा यो औषधीको प्रयोगले थप समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १२:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया