कर्णालीमा पाँच महिने शिशुमा देखियो कोरोना

बुधबार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

यीमध्ये एक जना पाँच महिने शिशु रहेका छन् । दैलेखमा ७ जना, सल्यानमा २ जना र कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४ महिना २८ दिनका शिशु चाहिँ कालिकोटको महाबै गाउँपालिका ४ का हुन् ।

योसँगै कर्णालीमा अब २७८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यसमध्ये सबैभन्दा धेरै दैलेखमा १ सय ५ जना संक्रमित पुगेका छन् । दैलेखमा एक जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १४:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया