सुर्खेतको पन्चपुरी नगरपालिका वडा नम्बर १ का एक १९ वर्षीय युवाको बिहीबार विहान निधन भएको छ । उनी केही दिनअघि मात्र क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए ।
७ जेठमा भारतबाट आएका यी युवालाई त्यहाँको जनता माविको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा बसेर उनी हिजोमात्रै घर फर्किएका थिए । उनको मृत्यु कोरोनाभाइरसका कारण भए या नभएको भन्ने चाहिँ खुलेको छैन । उनको स्वाब अब परीक्षणका लागि पठाइने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।