चीनका यात्रुवाहक जहाज अमेरिका प्रवेशमा रोक

काठमाडौं– चीनका यात्रुवाहक जहाज अब अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । अमेरिकाले जुन १६ तारिखदेखि लागू हुने गरी चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको हो । 

दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाएको हो । अमेरिकाले हङकङको विषयलाई लिएर चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको छ । 

चीनले गएको मार्च १२ तारिखदेखि अमेरिकी यात्रुवाहक जहाजलाई रोक लगाएको छ । अमेरिकी एअरलाइन्सले चीनमा उडान अनुमति माग्दा पनि कोरोना महामारीलाई कारण देखाएर चीनले यात्रु उडानमा रोक लगाउँदै आएको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार ११:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया