लकडाउनको मोडालिटीबारे छलफल गर्न अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो ।  

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए । छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नुपर्ने धारणा राखेका थिए ।

चैत ११ गतेदेखि सरकारले सुरू गरेको लकडाउनका कारण समस्यामा परेको भन्दै व्यापारीहरूले आफ्नो व्यवसाय खोल्न सुरु गरेका छन् । 

सरकारले जेठ ३२ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार ११:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया