नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या ११ पुग्यो

सुर्खेतमा क्वारेन्टाइनबाट घर पुगेर मृत्यु भएका युवाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार विहान पन्चपुरी नगरपालिकाका २० वर्षीय युवाको क्वारेन्टाइनबाट घर फर्किए लगत्तै मृत्यु भएको थियो । उनको स्वाबको पिसिआर परीक्षणमा उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा गरिएको चेकजाँचका क्रममा यी युवालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

उनी ७ जेठमा भारतबाट नेपाल फर्किएका थिए । २१ गतेसम्म क्वारेन्टाइनमा बसेर उनी घर फर्किएका थिए । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्किन दिइएको थियो । 

अब यी युवाको अन्तिम संस्कारका लागि सेनाको टोली उनको गाउँ जाँदैछ । उनीसँगै अब क्वारेन्टाइमा रहेका अन्य ५४ जनाको कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने तयारी पनि भएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ७:५६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया