झापामा क्वारेन्टाइनबाट घर पठाइएका तीन युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जछ । उनीहरु भद्रपुर १० मा रहेको क्वारेन्टाइनमा बसेका थिए । तर, पिसिआर रिपोर्ट नेगेटिभ आउनुअघि नै उनीहरुलाई घर पठाइएको थियो ।
क्वारेन्टाइन व्यवस्थापनले उनीहरुलाई घर पठाएपछि बुधबार साँझ उनीहरु घर पुगेका थिए । उनीहरुलाई भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले नै आफ्नो गाडीमा घर पुर्याएका थिए ।
तर, बिहीबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि उनीहरु तीनै जनालाई फेरि क्वारेन्टाइनमा बोलाइएको छ । भद्रपुर र कचनकवल गाउँपालिकाका उनीहरु केही दिनअघि मात्र भारतबाट आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।