अमेरिकामा अश्वेतमाथि दुर्व्यवहार हुने तीन तरिका

अमेरिकामा अफ्रिकी मूलका नागरिक जर्ज फ्लोइडको प्रहरी हिरसातमा मृत्यु भएपछि अमेरिकाका कयौँ सहरमा हिंसा भड्किएको छ ।

तर, अमेरिकामा अफ्रिकी मूलका नागरिकमाथि हुने हिंसा यो पहिलो पटक भएको होइन, यसअघि पनि बारम्बार त्यहाँ अश्वेतहरुमाथि आक्रमण हुने गरेको थियो । 

त्यस्तै, तीन सन्दर्भ जसले अमेरिकामा अश्वेतमाथि हुने आक्रमणबारे प्रष्ट्याउँछः

१. अफ्रिकी अमेरिकी मानिसमाथि प्रहरीको गोली बर्सिने सम्भावना बढी

एक तथ्यांकअनुसार अमेरिकामा प्रहरीको गोलीबाट मारिनेमा अफ्रिकी मूलका अमेरिकी नागरिकहरु धेरै छन् । अमेरिकामा कुल जनसंख्यामा अफ्रिकी मूलका नागरिकमाथि प्रहरी आक्रमण हुने सम्भावना पनि बढी भएको छ । 



आधिकारिक तथ्यांकअनुसार सन् २०१९ मा अमेरिकामा कूल जनसंख्याको १४ प्रतिशत मानिस अफ्रिकी अमेरिकी नागरिक रहेका छन् ।

२३ प्रतिशतभन्दा धेरै घटनामा अमेरिकी प्रहरीले अश्वेतहरुमाथि गोली प्रहार गरेको छ । यो संख्यालाई आधार मान्ने हो भने यो एक हजारभन्दा केही बढी हो ।



सन् २०१७ देखि यस्तो घटना झन् बढिरहेको छ । जबकी प्रहरीको गोलीका कारण मारिनेको संख्या केही कम छ ।

 

२. लागुऔषधको विषयमा बढी पक्राउ पर्छन् अफ्रिकी अमेरिकी नागरिक

अमेरिकी नागरिकहरुमा अफ्रिकी मूलका नागरिकहरु लागुऔषधको विषयमा पनि बढी पक्राउ परिरहेका हुन्छन् । एक सर्भेका अनुसार लागुऔषधको विषयमा अफ्रिकी मूलका भन्दा अन्य नागरिकहरुको संलग्नता बढी छ । तर, पक्राउ पर्नेहरुमा अफ्रिकीहरु बढी परिरहेका हुन्छन् ।

सन् २०१८ मा एक लाख अफ्रिकी अमेरिकी नागरिकमा झन्डै ७ सय ५० जना लागुऔषधको मुद्दामा गिरफ्तार भएका थिए । अन्यमा चाहिँ यो संख्या केबल ३ सय ५० थियो ।

राष्ट्रिय स्तरमा गरिएको सर्वेक्षणमा चाहिँ अमेरिकामा श्वेत र अश्वेत दुवैले बराबरी लागुऔषध प्रयोग गरेका हुन्छन् । तर, गिरफ्तारी चाहिँ बढी अफ्रिकी मूलका नागरिकको हुन्छ ।

 

३. अफ्रिकी अमेरिकीलाई बढी जेल सजाय

केही समयअघि आएको एक तथ्यांकअनुसार अफ्रिकी अमेरिकी मानिसहरुलाई अमेरिकामा अरुको तुलनामा पाँच गुणा बढी जेल सजाय दिइन्छ । 

सन् २०१८ मा अफ्रिकी अमेरिकी नागरिक १३ प्रतिशत भए पनि अमेरिकी जेलमा एक तिहाई हिस्सा उनीहरुको नै थियो ।

  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १२:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया