पछिल्लो २४ घन्टामा थपिए २७८ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा  २७८  कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

शुक्रबार नियमित पत्रकार सम्मेलनमा यो जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् । 

उनका अनुसार २६७ पुरुष र ११ महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २९१२ पुगेको छ । 

नेपालमा अहिलेसम्म ३ सय ३३ जनाले कोरोनाभाइरसलाई जितेका छन् । नेपालमा काेराेनाभाइरसका कारण ११ जनाकाे निधन भइसकेकाे छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १६:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया