भाेजपुरमा थपिए ५ काेराेनाभाइरस संक्रमित

भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुसँगै स्वाव लिइएको अन्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।  

कामका सिलसिलामा भारत गएका उनिहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट उद्दार गरेर ल्याइएको थियो ।

उनीसहित ४० जनाको स्वाव लिएर परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । यो सँगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २०:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया