कोरोनाभाइरसः नेपालमा निको हुने दर अत्यन्त न्यून

शुक्रबार नेपालमा थप २ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा अब ६८ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

शुक्रबार मात्र हुम्ला, गोरखा र कास्कीमा कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै अब ६८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । 

यसअघि भोजपुरमा एक जना मात्र कोरोनाभाइरस संक्रमित भेटिएका थिए । उनी निको भइसकेका थिए । तर, आज फेरि भोजपुरमा पाँच जनामा कोरोनाभाइरस संक्रमण भेटिएसँगै अब नेपालमा कोरोना भेटिएका सबै जिल्लामा सक्रिय संक्रमित छन् । कास्की र लमजुङका दुई कोरोनाभाइरस संक्रमित दुवै काठमाडौंमा भएकाले यी दुई जिल्लाभित्र नै चाहिँ एक्टिभ केसहरु छैनन् । 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शुक्रबार मात्र नेपालमा १०२ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् । उनीहरु विभिन्न आइसोलेसन केन्द्रमा रहेको र उनीहरुको डिस्चार्ज भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३ सय ३३ पुगेको छ ।

दैनिक कोरोना संक्रमित भेटिनेभन्दा जित्नेको संख्या बढ्दै जाँदा यसले नेपालमा कोरोनाविरुद्धको लडाइँलाई आशा पनि जन्माएको छ । तर, अहिलेसम्मको तथ्यांक हेर्दा के प्रष्ट हुन्छ भने विश्वको तुलनामा नेपालमा कोरोना जित्नेको संख्या निकै कम छ ।



छिमेकी देश भारतको अवस्थालाई हेर्ने हो भने त्यहाँ ४७ प्रतिशत कोरोना संक्रमितले कोरोना जितेका छन् । तर, नेपालको आजसम्मको तथ्यांकलाई आधार मान्ने हो भने ११ प्रतिशले मात्र कोरोनाविरुद्ध लडाइँमा सफलता हासिल गरेका छन् । 

विश्वको तुलनामा पनि यो अत्यन्त कम हो । कोरोनाभाइरस संक्रमण सुरु भएको चीनको तुलनामा त यो अत्यन्त कम हो । किनकि चीनमा कोरोना जित्नेको संख्या ९७ प्रतिशत छ । 



यसको अर्थ नेपालमा कोरोनाका कारण हुने मृत्युदर बढी छ भन्ने चाहिँ होइन । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन् । यो भनेको एक प्रतिशतभन्दा पनि निकै कम हो ।

  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २३:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया