क्रिस्टियानाे राेनाल्डाेकाे याे अर्काे रेकर्ड

थप एक दिन र एउटा यस्तो दिन जुन दिन विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले फेरि अर्को रेकर्ड ब्रेक गरेका छन् । 

पोर्चुगलका यी सुपर स्टार अब विश्वमा सबैभन्दा धेरै सम्पत्ति भएका फुटबलर बनेका छन् । र, इतिहास रचेका छन् । उनीसँग अब १ बिलियन डलरभन्दा धेरै सम्पत्ति रहेको छ । फोर्ब्स पत्रिकाका अनुसार खेलको करिअरमा यती धेरै सम्पत्ति जोड्ने क्रिस्टियानो पहिलो खेलाडी बनेका छन् ।

युभेन्टसका फर्वाड रोनाल्डोले ६५० मिलियन डलर चाहिँ फुटबलबाटै कमाएका हुन् । उनको अन्य सम्पत्ति चाहिँ फुटबल मैदानभन्दा बाहिरको हो ।

अनि बिलियन डलर क्लबमा प्रवेश गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि टाइगर वुड्स र फ्लोइड मेविदरमात्र यो क्लबमा रहेका छन् ।

रोनाल्डोले १२ महिनामा १०५ मिलियन अमेरिकी डलर कर तिरेका छन् । खेलाडीहरुमा यति धेरै कर तिर्ने उनी दोस्रो खेलाडी हुन् । रोजर फेडेररले उनको भन्दा धेरै कर तिरेका छन् । 

रोनाल्डोका सधैंका प्रतिस्पर्धी लियोनल मेसीले चाहिँ ६०५ मिलियन अमेरिकी डलरको सम्पत्ती जोडेका छन् ।



सम्पत्तिमा मात्र होइन, रोनाल्डो सामाजिक सन्जाल इन्स्टाग्राममा पनि सबैभन्दा धेरै फलोअर्स भएका खेलाडी हुन् । उनको इन्स्टाग्राममा मात्र २२२ मिलियन फलोअर्स रहेका छन् । उनको विश्वभरको चर्चा र लोकप्रियताका कारण उनको नाम छापिएको सर्ट २४ घन्टामा ५ लाख २० हजार प्रति बिक्री भएको थियो । यसबाट मात्रै युभेन्टसले ६० मिलियन डलर कमाएको थियो ।

उनले नाइकसँग जीवनभरका लागि सम्झौता पनि गरेका छन् । यसबाट उनले वर्षेनी २० मिलियन अमेरिकी डलर कमाउँछन् । यसरी वर्षैभरका लागि सम्झौता रोनाल्डोभन्दा अगाडि माइकल जोर्डन र लिब्रोन जेम्सले मात्र गरेका छन् ।



  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ०:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया