विश्वका धनी १० खेलाडी

कोरोना महामारीका कारण अहिले विश्व सुनसान छ । न कुनै खेलकुदका कार्यक्रम भएका छन् न अन्य कुनै गतिविधि नै विश्वभर भएका छन् । त्यसो त केही दिन यता विश्व खेलकुदमा केही गतिविधि हुन थालेका छन् । तर, बन्द रंगशालामा । 

कोरोनाको माहामारीबीच जुधिरहेका क्लबहरुले आर्थिक भार काम गर्न खेलाडीहरुको तलबमा केही कटौती गर्ने निर्णय पनि गरेका छन् ।

कोरोना महामारीबीच खेलहरु हुन नसकेता पनि खेलाडीहरुले कमाइ गर्ने क्रम रोकिएको छैन । उनीहरुले सामाजिक सञ्जाल, स्पोन्सर, विज्ञापन लगायतका माध्यमबाट कमाइ गरिरहेका छन् । 

चर्चित पत्रिका फोर्ब्सले अब विश्वमा सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूची प्रकाशन गरेको छ । 

सूचीमा भएका १० सबैभन्दा धेरै कमाउने खेलाडी को हुन् त ?

 



१० कारसन वेन्ट्रज

अमेरीकी रग्बी खेलाडी कारसन वेन्ट्रज सुचीको १० औं स्थानमा छन् । कारसनले सन २०१६ देखि अमेरीकी रग्बीको घरेलु प्रतियोगिता नेसनल फुटबल लिगमा फिलाडेल्फ इगल्सको तर्फबाट खेल्न थालेका हुन् । 



उनले यो वर्ष विभिन्न माध्यमबाट ५९.९ मिलियन अमेरीकी डलर कमाए ।

 

९ क्रिक कोसिन्स

कोसिन्स पनि अमेरीकी रग्बी खेलाडी हुन् । उनी अहिले नेसनल लिगमा मिनेसोटा भिकिन्सको तर्फबाट खेल्ने गर्छन । उनले यो बर्ष ६०.५ मलियन अमेरीकी डलर कमाइ गरेका छन् । 

 

८ टाइगर उड 

उड सूचीको १० औं स्थानमा अटाउने एक मात्र गल्फ खेलाडी हुन् । अमेरीकी यी खेलाडीले यो वर्ष ६२.३ मिलियन अमेरीकी डलर कमाएका छन ।

 

७ केभिन डुरान्ट

अमेरीकी बास्केटबल खेलाडी डुरान्ट नेश्नल बास्केटबल लिगमा ब्रुक्लिन नेट्सको तर्फबाट खेल्छन् ।

उनले यो बर्ष गुगल, अलस्का एयर गु्रप, नइकी लगायतका कम्पनीहरुको प्रायोजन तथा आप्mनै लगानीमा रहेका विभिन्न कम्पनीहरु मार्फत ६३.३ मिलियन अमेरीकी डलर कमाइ गरेका छन् ।

 

६. स्टिफिन कुरी

कुरी नेश्नल बास्केटबल लिगमा गोल्डेन स्टेट वारियर्सको तर्फबाट खेल्ने गर्छन् । अमेरीकी यी खेलाडी यो वर्ष निशान मोटर्स, अन्डर आर्माेर लगायतका कम्पनी तथा आप्mनै लगानी रहेको प्रोडक्सन कम्पनी मार्फत ७४.४ मिलियन अमेरीकी डलर कमाइ गरे ।

 

५ लिव्रोन जेम्स

अमेरीकी बास्केटबल खेलाडी जेम्स सर्वाधिक कमाइ गर्ने बास्केटबल खेलाडी हुन । नेसनल बास्केटबल लिगमा लस एन्जलस लाकर्सबाट खेल्ने लिव्रोन जेम्सले यो वर्ष कोका–कोला ,केआइए मोटर्स, नाइकी लगायतका कम्पिनीहरुको विज्ञापन मार्फत ८८.२ मिलियन अमेरीकी डलर कमाएका छन् ।

 

४ नेइमार 

ब्राजिल तथा पिएसजीका स्ट्राइकर नेइमार सर्वाधिक कमाइ गर्ने तेस्रा फुटबलर हुन् । उनले यो वर्ष जिलिटिन,माटर्स कार्ड, म्याकडोनल्स, नाइकी, रेडबुल लगायतका कम्पनीहरुको विज्ञापनबाट ९५.५ मिलियन अमेरीकी डलर कमाएका छन् ।

 

३ लियोनल मेसी

अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर मेसी सर्वाधिक कमाइ गर्ने दोस्रा फुटबल खेलाडी हुन् । मेसीले यो वर्ष एडिड्यास, हुवाई,पेप्सी ,माटर्स कार्ड लगायतका कम्पनीहरुको विज्ञापन मार्फत मात्रै १०४ मिलियन अमेरीकी डलर कमाइ गरेका छन । 

 

२. क्रिश्चियानो रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर रोनाल्डो सर्वाधिक कामइ गर्ने फुटबलर हुन् । रोनाल्डोले यो वर्ष नाइक, हर्बलाइफ, एल्टआइस, एमटिजी लगायतका कम्पनीहरुको विज्ञापन मार्फत मात्र १०५ मिलियन अमेरीकी डलर कमाएका छन् । 

 

१ रोजर फेडेरर

स्विस टेनिस खेलाडी फेडेरर पहिलो पटक सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा पहिलो स्थानमा अटाएका हुन । उनले यो वर्ष के्रडिट स्विस, रोलेक्स, मिकार्डस बेन्ज लगायतका कम्पनीहरुको विज्ञापन मार्फत १०५ मिलियन अमेरीकी डलर कमाइ गरेका हुन् ।

  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ०:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया