विश्व स्वास्थ्य संगठनले जारी गर्‍यो मास्क लगाउने नयाँ गाइडलाइन

विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा आफ्नो नयाँ गाइडलाइन जारी गरेको छ । यसअघि मास्कबारे विश्व स्वास्थ्य संगठनले दिएको सूचनाभन्दा यो फरक छ ।

कोरोना महामारीले विश्व ग्रस्त हुन थालेपछि संगठनले बिरामी मानिसहरुको सम्पर्कमा आउनेले मात्र मास्क लगाए हुने बताएको थियो । 

तर, अब उसले सार्वजनिक स्थानमा सबैले मास्क लगाउँदा भाइरस संक्रमणबाट रोक्न सकिने बताएको हो ।

सार्वजनिक सवारी तथा सार्वजनिक स्थानहरुमा अब सबैले मास्क लगाउनु ठिक हुने संगठनले जनाएको हो । तर, यसका लागि मेडिकल मास्क नै आवश्यक नरहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

साठी वर्षभन्दा माथिकाले चाहिँ मेडिकल मास्क नै लगाउनु उत्तम हुने विश्व स्वास्थ्य संगठनले बताएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ३:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया