बाजुराको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु

बाजुरामा फेरि क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएको मष्टा स्कुलमा रहेको क्वारेन्टाइनमा ६५ वर्षका वृद्धको मृत्यु भएको हो ।

उनी १५ जेठमा भारतबाट आएका थिए । उनको शनिबार विहान निधन भएको हो । 

स्थानीय अधिकारीहरुका अनुसार उनी दमको रोगी थिए । शुक्रबार साँझ मात्र उनलाई दमको औषधी दिइएको बताइएको छ । तर, उनमा अरु कुनै समस्या नभएको अधिकारीहरुले बताएका छन् । 

उनलाई कोरोनाभाइरस संक्रमण भए नभएको चाहिँ खुलेको छैन । अहिलेसम्म उनको परीक्षण गरिएको छैन । अब उनको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ११:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया