चितवन भरतपुर अस्पतालको आइसियूमा एक युवकको मृत्यु, गरिएको छैन कोरोना परीक्षण

चितवनमा रहेको भरतपुर अस्पतालको आइसियू अस्पतालमा एक युवकको मृत्यु भएको छ । १७ वर्षका यी युवकको शनिबार विहान मृत्यु भएको हो । 

माडी नगरपालिकाका यी युवक भारतबाट आएका थिए ।

उनी दुई साताअघि भारतबाट आएको र ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । 

उनको अस्पतालको कोभिड सेक्सनको आइसियूमा भनौ गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार विहान १० बजेपछि मृत्यु भएको हो ।

तर, उनको कोरोनाभाइरस परीक्षण भने गरिएको छैन । अब उनको मृत्यु भएपछि कोरोनाभाइरस परीक्षण गर्ने तयारी रहेको अस्पतालका एक अधिकारीले फरकधारलाई बताए । 

‘उनी १४ दिनअघि मात्र भारतबाट आएका थिए,’ ती अधिकारीले भने, ‘तीन दिनअघिसम्म कुनै लक्षण देखिएको थिएन । तर, अचानक शुक्रबार उनको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल ल्याइएको थियो ।’





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ११:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया