कोरोनाभाइरसः ३ मृतक कर्णाली प्रदेशका, तीनै जनाको मृत्यु पछि बल्ल कोरोना पुष्टि

शनिबार एकै दिन नेपालमा कोरोनाभाइरसका कारण दुई जनाको मृत्यु भएको पुष्टि भयो । यीमध्ये एक जनाको होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । डोल्पाको जगदुल्ला नगरपालिकाका एक पुरुषमा स्वाब परीक्षण गर्दा कोरोनाभाइरस पुष्टि भएको हो । उनको २० जेठमा निधन भएको हो ।

५८ वर्षका यी पुरुषको मात्र होइन, नेपालमा अधिकांश कोरोनाबाट ज्यान गुमाउनेमा कोरोना संक्रमण पुष्टि मृत्यु पछि भएको छ । गुल्मीका एक ४६ वर्षीय पुरुषको चाहिँ बुटवल अस्पतालमा उपचार हुँदा मृत्यु अगाडि नै कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर, उनलाई कोरोनाभाइरस संक्रमण भएको थाहा पाउँदा उनी भेन्टिलेटरमा राखिएका थिए ।

डोल्पाका मृतक जसमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो, उनी चाहिँ सुर्खेतबाट १६ जेठमा मात्र डोल्पा पुगेका थिए ।

नेपालका अन्य प्रदेशमा कोरोनाभाइरस संक्रमित देखिइसक्दा कर्णाली प्रदेशमा एक जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको थिएन । तर, अब नेपालका कोरोनाबाट मृत्यु भएका कूल मृतकमध्ये २३ प्रतिशत अर्थात् ३ जनाको निधन कर्णाली प्रदेशमा नै भएको छ । र, यी तीनै जनामा कोरोना संक्रमण पुष्टि उनीहरुको निधन भएपछि मात्रै भएको छ ।

कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका– ११ खागितडा दैलेखनिवासी ३५ वर्षीय युवक थिए । उनको यही १७ जेठमा क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका– १ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १८:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया