उपत्यकाका पाँच संक्रमितः २ सुत्केरी, प्रहरी, प्रहरीका परिवार र मिर्गौला रोगी

काठमाडौं र भक्तपुरमा शनिबार कोरोनाभाइरस संक्रमित भएकाहरु सुत्केरी र प्रहरी भएको खुलेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा पाँच जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

यीमध्ये एक जना टोखामा प्रहरीकी श्रीमती भएको खुलेको हो । त्यस्तै, भेनस अस्पतालमा भर्ना भएकी एक सुत्केरीमा पनि कोरोनाभाइरस संक्रमण भउको पुष्टि भएको हो । प्रहरी अस्पतालमा मिर्गौलाको डायलाइसिस गराइरहेका एक पुरुष र कोटेश्वरमा कार्यरत प्रहरीमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

भक्तपुरमा आज भेटिएकी कोरोनाभाइरस संक्रमित पनि सुत्केरी नै भएको खुलेको छ । उनले केहीअघि काठमाडौं मेडिकल कलेजमा बच्चालाई जन्म दिएकी थिइन् । 

शनिबार मात्र देशभर ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १८:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया