बैतडीकाे क्वारेन्टिनमा अर्का एक युवाकाे मृत्यु

बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६, सन्तोलीका ३१ वर्षिय एक युवकको मृत्यु भएको छ ।

शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका उनी क्वारेन्टिनमा बसेको  पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले जानकारी दिएका छन् ।

एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनकाे उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले  जानकारी दिएका हुन् ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

मृतकसँगै बेंगलोरबाट पाटनकै १३ जना पनि क्वारेन्टिनमा बसेका छन्।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार २२:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया