कोरोनाभाइरसः रोकिएको छैन बेलायतमा मृत्युको सिलसिला

विश्वमा कोरोना कहरका कारण सबैभन्दा प्रभावित देशमध्ये एक हो, बेलायत । बेलायतमा कोरोनाका कारण अब ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 

केहीअघि बेलायतमा कोभिड १९ का कारण हुने दैनिक मृत्युमा केही कमी आएको थियो । तर, यो अहिले फेरि बढ्न थालेको छ । अब बेलायतमा ४० हजार ५ सय ४८ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा बेलायतमा २ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

यसका साथसाथै बेलायतमा गत २४ घन्टामा १५५७ जना नयाँ संक्रमित पनि भेटिएका छन् । आधिकारिक तथ्यांकअनुसार अब त्यहाँ २ लाख ८६ हजार २ सय ९४ जना कोरोना संक्रमित भएका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ८:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया