गण्डकी प्रदेशमा आइतबार विहान थपिए ३८ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपरासीका ४ जना नयाँ संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा मात्रै एकै दिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँको भीरकोट नगरपालिकामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । 

बाग्लुङमा पनि थप १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बागलुङको बडिगाड गाउँपालिकामा कोरोनाभाइरस संक्रमण देखिएको हो । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

त्यस्तै, गोरखामा पनि एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गण्डकी नगरपालिकाका ९ जना र पालुङटार नगरपालिकामा एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

अब गण्डकी प्रदेशमा मात्र १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा मनाङ र मुस्ताङ जिल्लामा मात्र अहिलेसम्म कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया