डा. गिरिको सुझाबः भारत, चीन र अमेरिकाबाहेक सम्पूर्ण दूतावास खारेज गरौँ

काठमाडौं– समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले तीन देशबाहेक नेपालका सम्पूर्ण दूतावास खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा आइतबार भएको छलफलमा नेता गिरिले भारत, चीन र अमेरिकामा मात्रै नेपालको दूतावास राख्न सुझाब दिएका हुन् । 

विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि छलफलमा नेता गिरिले यी तीन देशबाहेक अन्य देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताएका हुन् । 

कार्यकर्तालाई नियुक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नरहेको उललेख गर्दै उनले भने, ‘कूटनीतिका विषयमा हामीले बुद्धि पुर्याइरहेका छैनौँ ।  कुटनीतिक ढङ्गले गर्नुपर्ने कामको साटो विदेशको नियुक्तिलाई कार्यकर्ता पाल्ने बनाएका छौँ ।’





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १७:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया