सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

काठमाडौं– लकडाउनपछि कारोबार बन्द रहेको सुनचाँदीको नयाँ मूल्य तोकिएको छ । साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको हो । 

जसअनुसार आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको तर नेपालमा नेपालमा लकडाउन भइरहँदा आइतबार एक्कासि ठूलो प्रभाव परेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेको छ । चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी बढेर ९२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १७:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया