जनता समाजवादी पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो

काठमाडौं– जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार साँझ सो पार्टीका नेताहरु आयोगको कार्यालय पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् । 

राजपा र समाजवादी पार्टीबीच गत महिना एकीकरण घोषणा भए पनि दुई दल मिलेर बनेको​ सो पार्टी बरीयता बाँडफाँडमा अलमलमा परेको थियो । सो पार्टीले कानुनी बाध्यताका कारण आइतबारै विवाद टुग्याएर दल दर्ताको निवेदन दिएको हो ।

आइतबारको सहमतिअनुसार जसपामा डा. बाबुराम भटराई, महन्थ ठाकुर र उपेन्द्र यादव तीनजना अध्यक्ष रहनेछन् । राजेन्द्र महतो र अशोक राईलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । उनीहरु सबै सचिवालयमा हुनेछन् ।

दलदर्ताका लागि तीन अध्यक्षसहित सचिवालयका पदाधिकारी आयोग कार्यालय पुगेका थिए । जसपाले दलदर्ता नम्बर १३९२ पाएको छ । दल दर्तापछि ४५ दिनभित्र आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिइसक्नुपर्नेछ । 





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १९:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया