काेभिड १९ बाट विदेशमा १२५ नेपालीकाे मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । 

तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ । 

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । उनका अनुसार संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । 

समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन । 

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।



संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै नेपालमा १३ जनाको मृत्यु भएको छ । नेपाल र विदेशमा गरी कूल मृतकको संख्या १३८ रहेको छ । 



  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार २३:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया