कांग्रेसको निष्कर्ष : कोरोना नियन्त्रणमा सरकार असफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।  सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निषकर्ष निकालेको हो। 

सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ। पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु,क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ। आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ। केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिए।  

उनले भने “नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्र्दभमा अहिलेको सरकार पूर्णरुपमा असफल भएको निष्कर्षमा पुगेको छ। सरकार असफल भएको छ भन्ने निर्णय आज हामीले गरेका छौ। यसका मुलकुराहरु समयमा स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक रुपमा भ्रष्टाचार भएको कुराहरु उठ्नु, अहिले लाखौ लाख मानिस क्वारिन्टिनमा छन् तर क्वारेन्टिन अन्त्यन्तै अव्यवस्थित छन्। क्वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ। प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन। आइसोलेसन सेन्टरहरु उचित ढंगले व्यवस्थापन गरिएका छैनन्। अस्पतालहरुको क्षमता बढाईएको छैन। र विदेशबाट आउने मानिसहरुलाई सुरक्षित ढंगले इज्जत पूर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन। राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन। राहतमा पनि राजनीति गरिएको छ। अहिले जनताले देशमा  सरकार भएको अनुभुति गर्न सकेका छैनन्। अथवा सरकारले जनताको जीउ धनको सुरक्षा गर्नका निम्ति अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन। यो सरकार असफल भएको छ। सरकार यस्तो विषम परिस्थितमा जनतासंग जोडिन सकेको छैन। भने नेपाली कांग्रेसले यो विषयलाई गम्भीरता पूर्वक लिएको छ। हामी जनतासंग जोडिएका छौ। हम्रा पार्टीका नेता कार्यकर्ता विदेशमा रहेका जनसम्पर्क समितिहरुले आ-आफ्नो ठाउँमा क्रियाशिलता पूर्वक गर्नुपर्ने काम गरिरहेका छन्। तर सरकार  अहिले कोभिड १९ को नियन्त्रणका निम्ति पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ।”

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ०:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया