रुपन्देहीको तिलोत्तमा १० मा पाँच जनाको हत्या भएको घटनामा हत्याराले बन्चरो नभएर कोदाली प्रहार गरेर हत्या गरेका थिए । सुर्खेतका झपेन्द्र सिजापतीलाई प्रहरीले घटनामा संलग्न भएकाे आशंकामा पक्राउ गरेको छ ।
तर, प्रहरीको पक्राउमा परेलगत्तै उनी बेहोस भएका छन् । बेहोस भएपछि प्रहरीले उनलाई अस्पतालमा भर्ना गरेको छ । तिलोत्तमाकै प्रिन्सन अस्पतालमा उनलाई भर्ना गरिएको हो ।
उनी घटनापछि स्थानीय गाइ फार्मबाट भाग्दै गर्दा पक्राउ परेका हुन् । गाउँलेहरुले घटनाबारे सुइँको पाएर उनलाई घेरेपछि प्रहरीले पक्राउ गरेको हो । गाउँलेले उनलाई घेरेपछि उनी बेहोस् भएका थिए ।
अब उनी सामान्य भएपछि प्रहरीले उनको बयान लिने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।