डब्लूएचओको चेतावनीः थप खराब हुँदै गइरहेको छ कोरोना

गत वर्ष चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस संक्रमणका कारण अब विश्वभरका ७० लाख मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण विश्वभर ४ लाखभन्दा धेरै मानिसको निधन पनि भइसकेको छ । अब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यो महामारी झन् खराब हुँदै गइरहेको बताएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले भनेका छन्, ‘यो महामारी छ महिनाभन्दा पनि बढी समय रहँदा पनि अझै केही देशले राहतको सास फेर्न पाएका छैनन् ।’

सोमबार कोरोनाभाइरसबारे गरेको पत्रकार सम्मेलनमा बोल्दै टेड्रोसले भनेका छन् कि १० दिन यता आएको एक लाख संक्रमितको संख्याले झन् चिन्ता बढाएको छ । उनले आइतबार आएका ७५ प्रतिशत घटना १० देशको मात्र भएको र यसमा अमेरिका र दक्षिण एशिया सामेल भएको बताएका छन् ।

टेड्रोसले यसका साथसाथै केही देशबाट आएको सकारात्मक संकेतका कारण भाइरसमाथि जित हासिल गर्न प्रोत्साहित गरेको पनि बताएका छन् ।

‘विभिन्न अध्ययनले अहिले पनि विश्वमा मानिसहरु संक्रमित हुने क्रम बढिरहेको देखाएको छ,’ उनले भनेका छन्, ‘कोरोनाभाइरस झन् खराब हुँदै गइरहेको छ ।’





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ९:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया