इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रहिम स्टर्लिङले अहिलेको एकमात्र रोग जातिवाद रहेको बताएका छन् । अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको अमेरिकन प्रहरी नियन्त्रणमा हत्या भएको घटनाप्रति बेलायतमा भएको प्रदर्शनको समर्थन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो भन्दा अलि नमिठो सुनिएला ! तर, यो सत्य हो । अहिले हामी (अश्वेत) एउटै मात्र रोगसँग लडिराखेका छौं, त्यो जातिवाद हो’, उनले बिबिसीसँग भने, ‘यो समस्या (जातिवाद) हामीले वर्षौ–वर्षदेखि भोगिरहेका छौं । यसकारण यसविरुद्ध आवाज उठाउन बढी जरुरी छ ।’
जातिवाद जस्ता महामारीबाट आफूहरुले सधैका लागि मुक्ति चाहेको स्टर्लिङले बताए । ‘तिनीहरु समस्याको दीर्घकालीन समाधान चाहिरहेका छन्’, प्रदर्शनकारीप्रति लक्षित गर्दै उनले भने, ‘ उनीहरुले रोजेको शान्तिपूर्ण बाटो तारिफगोग्य छ ।’
जमैकन मुलका इंग्लिस फुटबलर स्टर्लिङ प्रायः जातिवादविरुद्ध बोल्ने गर्छन् । उनी आफैं पनि फुटबल मैदानमा धेरैपटक जातिवादको शिकार भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।