धरानमा २८ जनाले जिते कोरोना

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका २८ जना कोरोनाभाइरस संक्रमित निको भएका छन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रतिष्ठानबाट उनीहरु घर फर्किएका छन् । 

संक्रमण पुष्टि भएपछि केहीअघि आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरुले कोरोना जितेका हुन् ।

१८ वर्षदेखि ५६ वर्ष उमेर समूहका व्यक्तिहरुले कोरोना जितेको अस्पतालले जनाएको छ । योसँगै अब धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा ५५ जना उपचाररत छन् ।

आज २८ जना डिस्चार्ज भएपछि प्रदेश १ मा १ सय १८ जनाले कोरोना जितेका छन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १०:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया