कोरोना संकटका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्ने सरकारी नीतिअनुसार आज अष्ट्रेलियाबाट नेपाली नागरिक नेपाल आउँदै छन् । नेपाल एयरलाइन्समार्फत् उनीहरु साँझ नेपाल आइपुग्ने भएका हुन् ।
नेपाल एयरलाइन्सको विमानमा आज साँझ ११ जना नेपाली नेपाल आउन लागेका हुन् ।
उनीहरुलाई काठमाडौंको होल्डिङ सेन्टरमा राखिनेछ । विदेशबाट उद्धार भएर आउने नेपालीलाई राख्न नेपाली सेनाले ९ वटा होल्डिङ सेन्टर बनाएको छ ।
त्यस्तै, बुधबार युएईबाट पनि नेपालीहरुको उद्धार हुने बताइएको छ । यसअघि पनि युएईबाट २ सयभन्दा बढी नेपालीलाई ल्याउने तयारी थियो । तर, पछि विवादका कारण उनीहरु आउन पाएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।