एमसिसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित

काठमाडौं– मंगलबारका लागि तय गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो । 

संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताइएको छ । प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । सोही कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ । 

नेकपाले गठन गरेको कार्यदलले एमसिसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाब दिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीले यसबारेमा सहमतिका साथ निर्णय गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १५:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया