एसइईबारे शिक्षमन्त्री भन्छन्– लकडाउनको नयाँ मोडालिटीपछि मात्रै एसइईको टुंगो लाग्छ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइईलगायत परीक्षा कहिले गर्ने भन्नेबारे अहिले नै भन्न नसकिने बताएका छन् ।

बन्दाबन्दी (लकडाउन)को नयाँ मोडालिटी आएपछि मात्रै यसको टुंगो लाग्ने उनले बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफमा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताए ।

‘एसइई नभएका कारण विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै उनले मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने बताए ।
 





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १९:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया