क्वारेन्टाइनमा मान्छे लिएर गएको टिपर कालिकोटकोे कर्णाली करिडोरअन्तर्गत रास्कोट नगरपालिकाको लालिघाट बजारनजिकै दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । साथै, नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको कालिकोट प्रहरीले जनाएको छ । लालिघाटबाट रास्कोट क्वारेन्टाइनमा मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको हो ।
कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको थियो ।
टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको हो । टिपर पुरै डुबेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।