पिसिआर परीक्षण माग गर्दै आरडिटी पोजेटिभ भएकाहरु आन्दोलनमा
फरकधार / २८ जेठ, २०७७

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् ।  

नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् । 

आइसोलेसन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक–पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र  अति भएर सडकमा आउनुपरेको बताए । प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए । उनका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको समस्या छ ।

अब नगरपालिकाले आफैँ भिटिएम खरिद गरेर स्वाब सङ्कलन गर्छ र परीक्षणका लागि पठाउँछ । सामुदायिक क्याम्पसलाई आइसोलेसन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताए । ‘प्लास्टिकको चामल खुवाइएको भनिएको छ, हामी त्यसको छानबिन गर्छौँ, यदि त्यस्तो भेटिएमा जिम्मेवारीमा रहेकालाई कारबाही गर्छौं’, नगर प्रमुख चौधरीले भने ।

  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १८:३४:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया