यस वर्ष एसईई परीक्षा नगर्ने सरकारको निर्णय
फाइल तस्वीर ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सरकारले यो परीक्षा नलिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले बुधबार साँझ विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस महामारीका कारण विद्यालयहरुलाई अहिले क्वारेन्टिन स्थल बनाइएकाले पनि परीक्षा लिन सम्भव नभएको निष्कर्ष सरकारले निकालेको हो ।

योसँगै अब विद्यालयहरूले नै आन्तरिक मूल्यांकन गरेर परीक्षा बोर्डमा विद्यार्थीहरुको ग्रेड पठाउने छन् ।

यसअघि ६ चैतबाट नेपालमा एसईई परीक्षा सुरु हुने भनिएको थियो । तर, कोरोनाभाइरस रोकथामका लागि ५ चैतमा सरकारले एसईई तत्कालका लागि स्थगित गरेको थियो । 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि १० चैतबाट नेपालमा लकडाउन लगाउने निर्णय भएको थियो ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार २३:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया