केके खुकुलो बनाइयो लकडाउनमा ?

सरकारले अन्ततः लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस रोकथामका लागि लकडाउनको मोडालिटी परिवर्तन गर्न लागेको हो । 

अब सरकारले स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न उद्योग तथा व्यापारहरूलाई खुकुलो बनाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णय भोलि औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ । ‘अब सबै पसलहरूलाई खोल्न दिने निर्णय भएको छ,’ सरकारका एक मन्त्रीले फरकधारसँग भने, ‘यसबारे विभिन्न गाइडलाइन्स बनेका छन्, त्यसलाई भोलि सार्वजनिक गरिँदै छ ।’

सबै पसल तथा बजार खोल्ने भनिए पनि सिनेमा हल, विद्यालय तथा विभिन्न रेस्टुरेन्टहरुलाई अहिले तत्काल खोल्न नदिने सरकारले निर्णय गरेको छ ।

सरकारले काठमाडौं उपत्यकामा पनि जोर बिजोर प्रणालीमा सवारी साधन चल्न दिने भएको छ ।

यसअघि सरकारले कोरोना रोकथामका लागि ११ चैतमा लकडाउन लगाएको थियो । लामो समयसम्म पनि लकडाउन जारी रहेपछि व्यवसायीहरुले यसको विरोध मात्र गरेका थिएनन्, केही ठाउँहरुमा आफ्ना पसलहरु पनि खोल्न थालेका थिए ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार २३:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया