कुनै समय कोरोनाभाइरस संक्रमणलाई सही रुपमा व्यवस्थापन गरेर देशमा कोरोना संक्रमण समयमा रोक्न सकेको दक्षिण कोरियामा फेरि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।
दक्षिण कोरियामा बुधबार मात्र ५० नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
यसभन्दा पहिले मंगलबार पनि दक्षिण कोरियामा ४० जना संक्रमित भेटिएका थिए । यीमध्ये केही स्थानीय संक्रमणका कारण कोभिड १९ देखिएका व्यक्ति पनि रहेका छन् ।
योसँगै दक्षिण कोरियामा झन्डै १२ हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ कोभिड १९ का कारण २ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।