प्रहरीले चोरीमा संलग्नता देखिएपछि दुई स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पाटन अस्पतालका डा. प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा बुधबार चोरीको आरोपमा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर, जावालखेलले उनीहरुलाई पक्राउ गरेको हो ।
पाटन अस्पतालको पोटेबल अल्ट्रासाउन्ड मेसिन हराएपछि प्रहरीले अनुसन्धान गर्दा मिश्र र शर्माले त्यसलाई चोरी गरेको भन्द्र प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले १७ जेठमा बिहान साढे ८ बजे अल्ट्राउन्ड मेसिन चोरी गर्न उनीहरु अस्पताल गएको जनाएको छ । उनीहरुले चोरी गरेको सामान बानेश्वरमा एक साथीको घरमा लुकाएर राखेको प्रहरीले बताएको छ । यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।