दोस्रो चरणमा १४९ नेपाली महिला स्वदेश आइपुगे


कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । जजिरा एयरलायन्सको दोस्रो जहाज करिब २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको थियो । 
दोस्रो चरणमा फर्कने पनि सबैजना महिला छन् । उनीहरु सबै आममाझी पाएका नेपाल फर्किएका महिला रहेको बताइएको छ । यसअघि आएको पहिलो फ्लाइटमा १५० महिला स्वदेश फर्किएका थिए । सबै गरेर आज २९९ जना नेपाली महिला स्वदेश फकिएका छन् । 
भर्खर फर्केकालाई सेनाको टोलीले काठमाडौंमा रहेका विभिन्न होल्डिङ सेन्टरमा लगेको छ । जहाँ उनीहरुको व्यक्तिगत विवरण संकलन गरेपछि होम, होटल तथा सरकारी क्वारेन्टाइनमा पठाइने सरकारी अधिकारीहरुले बताएका छन् । 
 





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १५:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया