सरकारी कार्यालय बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म दुई सिफ्टमा चलाइने

काठमाडौं– सरकारले अब सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने जानकारी गराएको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने जानकारी दिएका हुन् । 

बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने खतिवडाले बताए । कार्यालयमा भिडभाड नगरी काम सहज रुपमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको उनले बताए । 

आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयमा यो नियम लागू हुनेछ । 





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १८:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया