महोत्तरीमा विषाक्त मदिरा खाएर ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई–दुई लाख दिने

काठमाडौं– सरकारले महोत्तरीमा विषाक्त मदिरा खाएर ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले राहत दिने भएको छ ।

यसरी विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १२ जनाका परिवारलाई दुई लाखका दरले सरकारले २४ लाख प्रदान गर्ने भएको हो । 

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चारमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।

महोत्तरीको बर्दिबास र भंगहा नगरपालिकामा गत वैशाख १० गते विषाक्त मदिराका सेवनका कारण १२ जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १८:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया