काठमाडौं– सेयर कारोबार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले रिट दायर गरेका हुन् ।
रिट निवेदनमा रिट निवेदनमा दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग गरिएको छ ।
सेयर कारोबार ‘डिजिटल’ भइसकेको र अनलाइनबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बहानामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ ।
उनीहरुले लकडाउनका नाममा लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने मौलिक अधिकार हनन भएको र पेसाकर्मीको रोजीरोटीमा समस्या भएको भन्दै खुलाउन आदेश जारी गर्न माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।