विजोर नंम्बर प्लेटका सवारीसाधन चलाउने २६९ भन्दा बढी कारबाहीमा

 

सरकारले लकडाउन खुकुलो गर्दै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नंम्बरका गाडीलाई चलाउन दिइएको छ ।

तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिन थालेपछि ट्राफिक प्रहरीले कारवाहीको प्रक्रिया अडाडि बढाएको हो । यसैबीच, विजोर नंम्बरका सवारीसाधन चलाउने हालसम्म २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर विजोर नंम्बरका गाडी लिएर निस्किएको पाइएको उनको भनाइ छ । उनीहरुको सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । सोहीअनुसार ट्राफिकले जोर गतेका दिन जोर नंम्बर प्लेट भएका र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको हो ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार ११:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया