भारतमा एकै दिन करिब ११ हजार कोरोनाभाइरस सङ्क्रमित, ३९६ को मृत्यु

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या ८ हजार ४९८ पुगेको छ ।

भारतमा अहिले पनि एक लाख ४१ हजार ८४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ । सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या एक लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको सङ्क्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा देखिएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना सङ्क्रमित भएका छन् ।
महाराष्ट्रपछि तमिलनाडुमा सङ्क्रमणको प्रभाव बढी रहेको छ । तमिलनाडुमा ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । दिल्ली राज्यमा ३४ हजार ६८७ जना सङ्क्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १२:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया